नेपाल–खनाल पक्षप्रति ओलीको आक्रोश : देशकैविरुद्ध अनिष्टको काम गरिरहेका छन्

काठमाडौ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताहरुले सांसदको रुपमा खाएको शपथ झुटो भएको आरोप लगाएका छन् ।

आज (आइतबार) बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले आफ्नो सरकारविरुद्ध उभिने, विश्वासको मत हाल्ने बेलामा संसदमा सहभागी नभएको र सरकार बनाउन विपक्षीकोमा पुगेको भन्दै खनाल–नेपाल समूहप्रति आक्रोश पोखेका छन् ।

‘फ्लोर क्रस, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कैै उम्मेदवार उठाउने दुनियाँमा कहीं हिष्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउन विपक्षीकहाँ पुग्ने । दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली । तीनले खाएको शपथ झुटो हो । शपथ बेइमानी हो । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको छ’, उनले आक्रोश पोखे ।

ओलीले खनाल–नेपाल समूहले देशकै विरुद्ध ठूलो अनिष्टको काम गरिरहेको आरोप लगाए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै पुगेका नेता नेपालले आफू ओलीको विपक्षमा भन्दा लाज नलागेको भन्ने टिप्पणी समेत गरे ।

 

 
 
  
 

You may also like