काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो, थप कडाई गर्ने घोषणा

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा बढाइएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरि निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

सागसब्जी दुध माछामासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने बताइएको छ ।काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ । अब जेट २० गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ ।

देशभर दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिरहेका छन् । काठमाडौं उपत्यकामा मात्र दैनिक २५ सय भन्दा बढी संक्रमित थपिरहेका छन् । काठमाडौँ उपत्यकामा अहिले २८ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

 

 
 
  
 

You may also like