नेपालमा २४ घण्टामा कुन उमेर समुहमा कस्तो छ संक्रमण ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ बर्ष मुनिका ८५९ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ बर्ष मुनिका १८३ जना र १० देखि १९ बर्षसम्मका ६७६ गरि १९ बर्षमुनिका कुल ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा २० देखि २९ बर्ष उमेर समुहका १८६६ जना संक्रमित भएका छन् भने ३० देखि ३९ बर्षका १८४८ जना र ४० देखि ४९ बर्ष उमेर समुहका १४७७ जना संक्रमित भएका छन् ।

त्यस्तै ५० देखि ५९ बर्षसम्मका ११४२ जना, ६० देखि ६९ बर्षसम्मका ६७६ जना, ७० देखि ७९ बर्षसम्मका ३४९ जना, ८० देखि ८९ बर्षसम्मका १२५ जना, ९० देखि १०० बर्षसम्मका २६ जना र उमेर नखुलेका १९ जना रहेका छन् ।

 

 
 
  
 

You may also like