थप ६,४०४ ले जिते कोरोना, ८६३६ नयाँ थपिए, १६९ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६,४०४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

यसअघि सोमबार देशभर ७,४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७,१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।

 
 
  
 

You may also like