कोरोनाबाट विराटनगरमा थप १३ जनाको मृत्यु

मोरङ। कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा थप १३ जनाको ज्यान गएको छ ।विराटनगरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनाको नोबेल शिक्षण अस्पताल, दुई जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, दुई जनाको विराट शिक्षण अस्पताल र एकको न्युरो अस्पतालमा मृत्यु भएको हो । अस्पतालमा मृत्यु हुनेमध्ये सात महिला र ६ पुरुष छन् ।

नोबेलमा मोरङको जहदा गाउँपालिका–१ का ३२ वर्षीय पुरुष, विराटनगर महानगरपालिका–३ का ७९ वर्षीय पुरुष, विराटनगर–१३ की ३१ वर्षीया महिला, सुन्दरहरैंचा नगरपालिका–१० की ६५ वर्षीया महिला, संखुवासभाको खाँदबारी नगरपालिका–७ का ५९ वर्षीय पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की ७० वर्षीया महिला, सप्तरीको राजविराज–९ का ७० वर्षीय पुरुष र सर्लाहीको बरमपुरी–७ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर–५ की ५० वर्षीया महिला र दुहवी नगरपालिका–१ की ६५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ८४ वर्षीय पुरुष र बेलबारी नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको छ । न्युरो अस्पतालमा विराटनगर–१० का ६९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

 
 
  
 

You may also like