कुर्सी जोगाउन ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लेऊ : विप्लव

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राष्ट्र हितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।

‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, विप्लवमा भनिएको छ, ‘त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्र हितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

 
 
  
 

You may also like