कोरोनाबाट डीएसपी खरेलको मृत्यु

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा मृत्यु भएको थियो ।

 

 
 
  
 

You may also like