‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

नयाँदिल्ली । भारत सरकारले भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको द्य.१.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकोले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने तर्क गर्दै यस्ता पोस्टहरु हटाउन निर्देशन दिएको हो । कोरोना भाइरसको भेरियन्टलाई सबैभन्दा पहिले कहाँ भेटियो त्यसको आधारमा भेरियन्टको नाम दिने गरिन्छ । जस्तो कि ब्रिटानी भेरियन्ट र ब्राजिलमा देखिएको भाइरसको भेरियन्टलाई पनि स्थानीय नाम दिइएको थियो ।

पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन भनेको थियो । जसको कडा आलोचना भएको थियो । मशहुर मेडिकल जर्नल द लेन्सेटले आफ्नो आठ मेको अंकमा सम्पादकीय लेख्दै प्रधानमन्त्री मोदीको आलोचना गर्दै लेखेको थियो कि उनको ध्यान ट्वीटरमा आफ्नो आलोचना दबाउन धेरै र कोभिड १९ महामारी नियन्त्रणमा कमी रहेको आरोप लगाएको थियो ।

शुक्रबार सूचना प्रौद्योगिकी मन्त्रालयले एक सरकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरुलाई यो आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार आदेशमा भनिएको छ कि कम्पनीहरुले आफ्नो प्लेटफार्मबाट ती सबै कन्टेन्टलाई तुरुन्त हटाऊन्, जहाँ कोरोना भाइरसको भारतीय भेरियन्टको नाम प्रयोग गरिएको छ वा भारतीय भेरियन्टतर्फ इसारा गरिएको छ ।

बयानमा भनिएको छ, यो हाम्रो संज्ञानमा आएको छ कि यसरी अनलाइनमा पोस्ट गरिउको छ कि भाइरसको भारतीय भेरियन्ट कैयौं देशमा फैलिइरहेको छ । जोन्स हप्किन्सको कोरोना ड्यासबोर्डका अनुसार संक्रमित कोरोनाको संख्याका आधारमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । बीबीसीबाट

 
 
  
 

You may also like