कोरोना उपचारको ६ हप्तापछि ‘ब्ल्याक फङ्गस’ संक्रमणको जोखिम

काठमाडौं । कोभिड उपचारको ६ हप्ताभित्र बिरामीलाई ‘ब्ल्याक फङ्गस’ (आँखामा लाग्ने कालो ढुसी) को उच्च जोखिम हुने अल इण्डिया मेडिकल इन्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।

एम्समा न्यूरोसर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले यो सङ्क्रमण कुनै नयाँ समस्या भने नभएको बताए । ‘सङ्क्रमणका धेरै कारण हुन सक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुननसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ,’ उनले भने, ‘कोभिड उपचारको छ हप्ताभित्र यदि मानिसलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ,’ उनले भने ।

उनले सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गस जस्ता समस्या निम्त्याउने खतरा रहने बताए ।

भारतका विभिन्न भागमा ‘कालो ढुसी’ सङ्क्रमणका घटना सार्वजनिक भइरहेका छन् । राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन् ।

उनीहरुले प्रत्येक ‘म्युकोर्माइकोसिस’ को अवस्था राज्य सरकारलाई रिपोर्ट गर्नु अनिवार्य गरेका छन् । कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो आन्द्राको म्युकोर्माइकोसिसको दुर्लभ घटना समेत देखिएको छ । एजेन्सी

 
 
  
 

You may also like