राष्ट्रपति कार्यालयको वेब साइटबाट किन हटाइयो जेठ ७ का विज्ञप्ती ?

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासले जेठ ६ गते संविधानको धारा ७६ (५) नयाँ सरकार गठन गर्न आह्वान गरिएको पत्र र संसद् विघटनसम्बन्धी सूचना समेत हटाएको छ ।

राष्ट्रपति कार्यालयले जेठ ६ गते संविधानको धारा ७६(५) अनुसार २१ घण्टाको सूचना दिएर जारी गरेको पत्र वेबसाइटमा राखेको थियो । त्यस्तै, जेठ ७ गते मध्यरात प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले पेस गरेको सरकार गठनसम्बन्धी दाबी विधिसम्मत नभएको भन्दै तीन पृष्ठ लामो विज्ञप्ति राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटमा राखेको थियो ।

जेठ ७ को मध्यराति नै मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ७६ (७) अनुसार संसद् विघटन गरेको सूचना पनि राखेको थियो । शनिबार राति नै ती तीनै वटा विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएको छ । शुक्रबार मध्यरात प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुगेको, प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरिएकोलगायतका आधिकारिक सूचना राखिएको थियो । तर ती सबै हिजो रातिबाट हटाइएको छ ।

त्यसअघिका अरु कागजात भने यथावत छ । आज अधिकांश विपक्षी दल र तिनका नेता तथा कानुन व्यवसायीहरू प्रतिनिधिसभा विघटनसँगै गरिएको मध्यावधि निर्वाचनको घोषणाविरुद्ध सर्वोच्च अदालत जाँदैछन् ।
हेर्नुस् राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

 
 
  
 

You may also like