२०७८ जेठ ९ गते आइतबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त र साथीबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मन खिन्न हुने स्थिति आउने छ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक सुख एवं सहयोग मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रभावले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ, तर स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बन्धुबान्धवबाट सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like