हत्या आरोपमा एक युवक पक्राउ

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित लोचनीका विष्णु ऋषिदेवको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुजन राई छन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

जेठ ७ मा ४० वर्षीय ऋषिदेवलाई उनले धारीलो हतियारले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको फलामको दाउ बरामद गरेको छ । पुजनलाई ईलाका प्रहरी कार्यालय बेलवारीले ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

 
 
  
 

You may also like