देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् : पूर्वराजा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको टिप्पणी गरेका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् ।

‘यस वैश्विक महामारीको संकटका बेला जनदायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्’, पूर्व राजा ज्ञानेन्द्रले ट्वीटरमा लेखेका छन् ।

 

 
 
  
 

You may also like