मन्त्रिपरिषद् बैठक : कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ।सरकारले संसद विघटन गरी मध्यावधि चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ गते गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो ।

 
 
  
 

You may also like