कांग्रेस–माओवादीले ७६ (५) बमोजिमको सरकार दाबी गर्ने, पत्र तयार हुँदै

काठमाडौंं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको अगुवाइमा संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी भएको छ ।त्यसका लाग नेकपा माओवादी केन्द्रले पत्र तयार पारेर कांग्रेस संसदीय दलको कार्यालयमा पुगेको छ । अहिले त्यहाँ तीन दलका नेताहरुको बैठक बसिरहेको छ भने उता नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा छ । सो समूहले पनि पत्र तयार गरिरहेको स्रोत बताउँछ ।

अहिले सिंहदरबारमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) को बैठक चलिरहेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलगायतका नेता छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

 
 
  
 

You may also like