ओलीको उल्टै प्रश्न : अमेरिका र भारतमा लाखौं मान्छे मरे, नेपालमा म्यानेज भएन भन्ने !

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले दूरी कायम गरेर पनि निर्वाचन गर्न सकिने बताएका छन् । उनले आज शुक्रबार बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

‘अमेरिकाको निर्वाचन यस्तै बेलामा भयो, नेपालमा पनि मास्क लगाएर मत दिन सक्छन्’, उनले भने, ‘भारतगायतका मुलुकमा पनि निर्वाचन भएका छन् । निर्वाचन स्वेच्छाले मात्रै गर्ने कुरा हुँदैन । निर्वाचन रोक्नु हुँदैन । मैले भनेको बेलामा चुनाव भएको भए दूरी कायम गरेर गर्न सकिन्थ्यो । अमेरिकामा, ब्राजिल, इटलीमा कत्तिको म्यानेज गरियो रु नेपालमा भएन भन्ने रु सामान्य स्वास्थ्य क्षमताभन्दा बढी भएकाले नै महामारी भनिएको हो । क्षमताभित्र भएको भए सामान्य भन्न सकिन्थ्यो । भारत र अमेरिकामा लाखौं मान्छे मरे, आलोचना गर्न सजिलो छ, महामारी नियन्त्रण गर्न केही समय लाग्छ ।’

 
 
  
 

You may also like