शिव पौडेलको मर्मस्पर्शी शब्द रचनामा “बाँचे भेट होला”(भिडियो)

काठमाडौं। महामारीको मर्म र सुहाउँदो “बाँचे भेट होला” बिहिबार सार्वजनिक भएको छ । लोक तथा दोहोरी गयक ऋषी खड्काको स्वरमा सजिएको उक्त गीतमा महामारीले निम्त्याएको बिषम परिस्थितीलाई चित्रण गरिएको छ ।
काम गर्नलाई काम पनि बन्द छ, मनले कतै मर्छु कि भन्दछ जस्ता शब्दहरु प्रयोग गरिएको गीतको शब्द रचना शिब पौडेलले गरेका छन् । गीतको लय तथा एरेन्ज पनि ऋषी खड्काको रहेको छ । तरङ्ग डिजिटलमा रेकर्डिङ भएको गीतको अडियो सम्पादन जय देवकोटाले गरेका छन् भने भिडियो सम्पादन शिब पौडेलले नै गरेको उत्पादक कम्पनी उमंग म्यूजीक प्रा ली ली ले बताएको छ ।
बाद्ययवादन तर्फ हेमन्त कान्छा रसाईलीको सारङ्गी तथा रत्न बिकले बाँसुरी दिएका छन् । सप्तऋषी म्युजिक प्रा ली ले बजारमा ल्याएको उक्त गीत ऋषी खड्का युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 
 
  
 

You may also like