कोरोनाबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । दुई हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

 

 
 
  
 

You may also like