कोरोनाबाट बीपी प्रतिष्ठानमा थप पाँच जनाको मृत्यु

सुनसरी। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार बराहक्षेत्र नगरपालिका–२ बस्ने ५३ वर्षीया महिला, सर्लाहीको चक्रघट्टा–४ बस्ने ५३ वर्षीया महिला, धरान उपमहानगरपालिका–१३ बस्ने ८३ वर्षीय पुरुष, इटहरी उपमहानगरपालिका–४ बस्ने ३७ वर्षीय महिला, महोत्तरीको जलेश्वर–१० बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड अस्पतालको आईसीयूमा भर्ना गरिएका पाँचै जना उच्च रक्तचापका दीर्घरोगी थिए ।

 

 
 
  
 

You may also like