गुल्मीमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो , हालसम्म ५२ जनाको मृत्यु , १०६ जनाले जिते कोरोना

गुल्मी। गुल्मीमा अहिले सम्म २०६ जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ४४ जना र एण्टिजेन परिक्षण बाट ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल जिल्लामा पिसिआर र एण्टिजेन गरी २ हजार २ सय ८९ जनाको परिक्षण गरिएको छ । अहिले संक्रिय संक्रमितको संख्या १ हजार ३८ रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

गुल्मीमा अहिले ९ सय ८९ जना होम आईसोलेशनमा रहेका छन् भने ४ जनाको आईसीयुमा उपचार भईरहेको छ । त्यस्तै ४४ जनाको आईसोलेशनमा राखेर उपचार गरिरहेको छ । संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार २६ जनाले लगाएको जनाईएको छ ।

 
 
  
 

You may also like