५,७६७ जना कोरोना संक्रमित निको, ९,२४७ नयाँ थपिए, २१४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७६७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

आज ९सोमबार० देशभरका प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९,२४७ जना संक्रमित थपिएका छन् । पिसिआरबाट ९,१९८ र एन्टीजेन विधिबाट ४९ संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१४ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । ७०८ जना व्यक्ति क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

 
 
  
 

You may also like