५,४५५ जना कोरोना संक्रमित निको, ८,१६७ नयाँ थपिए, १८७ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५,४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८,१६७ जना संक्रमित थपिएका छन् । पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,९३७ कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २,१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८,१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४,८५६ जनाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।

 
 
  
 

You may also like