आमा नभएकी १३ वर्षीया बालिकामाथि बलात्कार, दुई जना पक्राउ

पाल्पा। पाल्पामा १३ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् । जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्रबहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बैशाख ३० गते जबरजस्ती करणी गरेको जाहेरी आएकाले दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । प्रहरी स्रोतका अनुसार ती बालिकाको आमा छैनन् । ती दुई जना पुरुषहरुले अलग–अलग समयमा ती बालिकालाई बलात्कार गर्ने गरेको बताइएको छ ।

 

 
 
  
 

You may also like