रुपन्देहीमा घट्यो संक्रमणदर , थपिए ४८६ जना संक्रमित , ९ जनाको मृत्यु

बुटवल ।  रुपन्देहीमा थप ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जारि गरेको विज्ञप्तिका अनुसार रुपन्देहीमा ९ जनाको मृत्यु भएको छ  ।

रुपन्देहीमा केहि दिनदेखि क्रमश: संक्रमण डर घददै गएका छन्  । रुपन्देहीका स्थानीय तह सम्मरिमाई गाउँपालिका र कोटहिमाईमा  शुन्य संख्यामा संक्रमणदर विज्ञप्तिमा उल्लेख छ  । रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उप- महानरपालिकमा ९४ महिला , ११३ जना पुरुष गरी २०८ जना , सिदार्थनगरपालिकामा २४ जना महिला २४ जना पुरुष गरी ४८ जना , तिलोत्तमा नगरपालिकामा ४६ जना महिला महिला ५८ जना पुरुष गरी १०४ जना संक्रमित थपिएका छन्  ।

त्यस्तै देवदह नगरपालिकामा १८ जना महिला र २० जना पुरुष गरी ३८ जना , सियारी गाँउपालिकामा १ जना महिला र ६ जना पुरुष गरी ७ जना , सैनामैना नगरपालिकामा १४ जना महिला र २२ जना पुरुष गरी ३६ जना , ओमसतिया गाउपालिकामा ४ जना महिला १० जना पुरुष गरी १४ जना संक्रमित थपिएका छन्  ।

त्यसै गरी लुम्बिनी सांकृतिक नगरपालिकामा ३ जना महिला र १ जना पुरुष गरी ४ जना , शुद्दोधन गाउपालिकामा १ जना महिला र ६ जना पुरुष गरी ७ जना , गैडहवा गाउपालिकामा १ जना महिला , मायादेवी गाउपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जना , २ जना महिला १ जना पुरुष गरी ३ जना संक्रमित थपिएका छन्  ।

रुपन्देहिला मृत्यु हुनेको संख्या हाल सम्म ३४५ जना पुगेका छन् भने होमआइसोलेसनमा ६ हजार ७ सय ७२ जना रहेका छन्  ।

त्यसै गरी रुपन्देहीमा सक्रिय संक्रमित ३२ प्रतिशत ,निको हुने ६६ प्रतिशत र मृत्युदर २ प्रतिशत रहेको छ  ।

 
 
  
 

You may also like