कांग्रेस रुपन्देहीले भन्यो कोरोना संक्रमित उपचारमा गैरजिम्मेवार

बुटवल।नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिले रुपन्देहीले कोभिड–१९ महामारीका कारण जनतालाई चरम सास्ती व्यहोर्नु परेको बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ । सोमबार क्षेत्रीय सभापति हरि लम्सालद्वारा जारी विज्ञप्तीमा आवश्यक अक्सिजन, आईसीयू बेड, अभाव हुँदा जनताहरुको दर्दनाक मृत्युवरण गर्नु परेको उल्लेख गर्दे जनताको यस्तो पीडाको बेला सरकारले आफ्नो कुर्ची बचाउने खेल मात्र गरेका आरोप लगाएको छ ।

विज्ञप्तीमा कोरोना महामारीमा जनता चिच्चाइरहेका छन्, गुहार मागिरहेका छन् । जनताको चित्कार, रोदन सुन्ने कोही छैन् यस्तो बेला सरकारबाट पाउनुपर्ने साथ सहयोग नहँुदा जनताले देशमा सरकार छ कि छैन्, अन्यौलमा रहेको उल्लेख छ ।
कोभिडको उपचार लागि सरकारले हात उठाएको अवस्था जनता आफ्नै उपचार गनृुपर्ने अवस्था छ, त्यो भन्दा पीडादायी अवस्था के हुन्छ, विज्ञप्तीमा भनिएको छ ।

 
 
  
 

You may also like