एकैदिन ९ हजार २७१ जनामा संक्रमण पुष्टि , कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६२३ जनाको पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।

 
 
  
 

You may also like