२४ घण्टामा थप ५,७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ४३ हजार २१३ पुगेको छ । आज (शनिबार) देशभर एक हजार २८७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८२ हजार ३८२ संक्रमित निको भइसकेका छन् ।

देशभर ६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २९८ पुगेको छ । संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like