रुपन्देहीमा थप ४३२ जनामा कोरोना संक्रमण , ९ जनाको मृत्यु

बुटवल।  रुपन्देहीमा थप ४३२ जना कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घन्टामा कुल ६९० जनामा पिसिआर परिक्षण गर्दा ४३२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका रुपन्देहीका अनुसार बुटवलमा २०५ जना , तिलोत्तमामा ७२ जना , सिदार्थ नगरपालिकामा ६५ जना , सियारीमा ८ जना , देवदहमा २३ जना , गैडहवामा १ जना , मायादेविमा ६ जना , मर्चावारीमा १ , सैनामैनामा १५ जना , ओमसतियामा ४ जना , कन्चानामा ७ जना , रोहिनिमा ४ जना , लुम्बिनी सांस्कृतिकमा ६ जना , शुद्दोधनमा १३ जना र कोतहिमाईमा २ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार  रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९  जना कोरोना संक्रमितकाृ मृत्यु भएको छ । अहिले सम्म मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।

 
 
  
 

You may also like