गुटबन्दी नगर्न सम्झाएको छु, संवादलाई कमजोरी नठानियोस् : ओली

काठमाडौ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।मदननगर बल्खुमा आज (बिहीबार) पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गर्दै बोल्दै उनले गुटगत गतिविधिलाई मान्यता दिन नसकिने बताए । उनले पार्टीमा गुटबन्दी नगर्न समेत चेतावनी दिए । ‘धक्का लाग्नु र फेरि उठ्नु फरक कुरा हुन्’, उनले भने, ‘जे भइरहेको छ यो जरुरी थिएन तर आइपर्छ ।’ महान पवित्र उद्देश्य मात्रै सफल हुने उनले बताए ।

अर्को पार्टी देशभरी खोलेर हिँड्दा पनि आफूहरु सम्झाइवुझाइ गर्ने प्रयासमा रहेको उनले बताएका छन् । अराजकतासँग सम्झौता गर्न नसकिने उनले बताए । गुटलाई भाग दिन नसकिने उनले बताए । ’मेरो गुटलाई यति भाग भन्ने अव पार्टीमा चल्दैन’, ओलीले भने ।

अरुको सफलता देख्न नसक्ने व्यक्तिवादी प्रवृति भएकाहरुले हमला गरिरहेको उनले बताए । ‘म र मेरो भन्ने, अरुले सफलता पाएको देख्न नसक्ने र अरुको प्रसंशा सुन्न नसक्नेहरुले हमला गरिरहेका छन्,’ उनले भने, ‘यो संगठित हमलाको सिलसिला कति निर्मम छ । यदि शासनमा भएका भए के गर्थे होला ?’

 

 
 
  
 

You may also like