बालिका खड्का थापाथलीस्थित एमाले मुख्यालयबाटै पक्राउ

काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएका बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले बताएका छन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

 
 
  
 

You may also like