तपाईंमा प्रेम परे-नपरेको मापन गर्ने यी ७ कुरा

प्रेम एक स्वतन्त्र भाव हो । कोहिप्रति आर्कषित हुनु वा कसैलाई मन पराउनु मात्र प्रेम होइन । तर यो प्रेम भएको संकेत भने हो ।

प्रेम जागृत रहदाँ उसको बारेमा मात्र सोच्नु, चिन्ता गर्नु वा त्यागका लागी समेत तयार रहनु पर्दछ । यदि हामी कसैसँग प्रेममा पर्यौ भने त्यसको केहि संकेतहरु हुन्छ जसले आफु प्रेममा रहेको वा नरहेको बारेमा थाहा पाउन सकिन्छ ।

विरोध सुन्न नसक्नु

प्रेममा परेको सबैभन्दा ठुलो र पहिलो संकेत हो जो सँग प्रेम छ, त्यसका बारेमा कसैले गरेको विरोध वा नकारात्मक कुरा सुन्न सकिदैन । उसको बारेमा कसैले नकारात्मक टिप्पणी गरे आफ्नो मन दुख्छ भने बुझ्नुस् तपाई उसँग प्रेममा हुनुहुन्छ ।

नयाँ जीवन कल्पना गर्नु
यदि कोहि ब्यक्तिसँग प्रेम भयो भने यो अवस्थामा उसँगको जीवनको कल्पना गर्न थालिन्छ ।

तर यो आफु आर्कषित रहेको ब्यक्तिसँग पनि हुनसक्छ । तर प्रेम बस्यो भने लामो जीवनको कल्पना गर्न थालिन्छ । उसँग भेट्ने, जीवन काट्ने, घुम्ने कल्पना एकसाथ आउँछ ।

लुकिलुकि हेर्नु

यदि तपाई कोहि ब्यक्तिलाई बिना कुनै कारण पटक पटक लुकिलुकि हेर्नु हुन्छ वा आखाँ ज्धुाएर हेर्न ग्राहो भइ रहेको छ भने यो अवस्थामा पनि तपाई प्रेममा पर्नु भयो । यो अवस्थाको हेराई कुनै फिल्मको दृष्य भन्दा कम हुन्न । यो अन्य हेराई भन्दा एकदमै भिन्न हुन्छ ।

कारण बिनै तनाव
यदि कोहि ब्यक्ति प्रेममा छ भने उ बिना कुनै कारण तनावमा रहन्छ । यो बेला मनमा कहिले खुसी, कहिले उमंग हुन्छ ।

मनमा कुराहरु उकुसमुकुस भएर बग्दछ । अनेकथरी भाव एकसाथ आउँछ । यस्तोमा मानिस अधैर्य हुन्छ । मनमा दवाब बढ्छ र मानिस तनावमा झै रहन्छ ।

फरक ब्यवहार

अरु भन्दा अलग ब्यवहार र पहिले भन्दा फरक ब्यवहार गर्न थालेमा पनि मानिस प्रेममा छ भन्ने बुझ्न सकिन्छ ।

यो बेला मानिसको मस्तिष्कमा असामान्य अनुभव हुन्छ । उ हरहमेशा उ पार्टनरको बारेमा सोच्ने भएकाले प्रेम परेको मानिससँग झन् झन् आर्कषण बढ्दै जान्छ ।

जे गर्न पनि तयार

जब कोहि मानिस प्रेममा पर्दछ उसको महत्व आफ्नो जीवनमा अपरीहार्य झै लाग्न थाल्दछ ।

यस बेला मानिस उसलाई खुसि राख्न जे पनि गर्न तयार रहन्छ । उसलाई हसाउनु, उसलाई खुसी राख्नु वा अप्ठेरोमा साथ दिनु लगायतका काममा मानिसको सोच तल्लिन रहन्छ ।

पीडा महसुस हुदैन

यदि कोहि मानिस भर्खर प्रेममा पर्यो भने उसलाई हत्तपत कुनै पीडाको महसुस हुदैन । कुनै चोट वा घाउ लागेमा समेत उसले यसलाई वेवास्ता गर्ने क्षमता राख्दछ । मात्र प्रेम परेको मानिससँगको एक भेट, कुराकानी वा हेराहेर चोट बिर्साउन काफि रहन्छ ।

 
 
  
 

You may also like