सालको पातको टपरी पछि कुलेन्द्रको “सिलौटोमा चटनी” ( भिडियो )

काठमाडौं ।पछिल्लो समय चर्चामा आएको सालको पााको टपरी बोलको गीत पछि चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माले सिलौटोमा चटनी बोलको गीतमा आवाज दिएका छन् ।

विश्वकर्मा र चर्चित लोक दोहोरी गायिका समीक्षा अधिकारीको आवाज रहेको सिलौटोमा चटनी बोलको गीतमा शब्द तथा संगीत बरिस्ठ गायक कस्तुप पन्तले दिएका छन् ।

गीतमा आशिष अभिरलको एरेन्ज तथा मिक्सिङ रहेको छ । रामजी खाण , कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिति आलेको अभिनय रहेको छ ।
शंकर बिसीको निर्देशन रहेको उक्त गीतको सम्पादन अमृत चापागाईंले गरेका हुन् । गीतलाई जनता डिजिटल फिल्मसले उत्पादन गरेको हो भने गीतलाई कस्तुप पन्तको अफिसियल युटुव च्यानलबाट मंगलबार बिहान साढे ८ बजे सार्वजनिक गरिएको थियो ।

भिडियो :

 
 
  
 

You may also like