जोखिम न्युनिकरणको लागि प्रदेश ५ मा छलफल सुरु

by समतल अनलाइन

ललित पाण्डेय
बुटवल । प्रदेश ५ सरकारले विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन नीति र रणनीतिक कार्ययोजना तर्जुमा गर्नको लागि बिज्ञ तथा सरोकारवालाहरुसँग पहिलो चरणको छलफल सुरु गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको गोष्ठीमा जिल्लामा हुने विपद् जोखिमको अवस्थाको बारेमा छलफल हुने भएको हो ।

रणनीतिक योजना बनाउँनको लागि पहिलो चरणमा प्रदेश ५ का ९ जिल्लाका सरोकारवाला पक्षसँग पहिलो चरणको गोष्ठी रुपन्देहीको तिलोत्तममा सुरु भएको हो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले जिल्लाको भौंगोलिक अवस्था र विपद् जोखिमको अवस्थालाई लिएर नीति र रणनीतिक कार्ययोजना तर्जुमा गरिने बताउँनुभयो । पुर्व अनुमानित डाटा तयारी गरि कार्ययोजना बनाउँन सके प्रभावकारी हुने उँहाको भनाई छ ।

जोखिम न्युनिकरण तथा ब्यवस्थापनको कार्ययोजना हतारमा हाईन मन्त्रि केसीले भन्नुभयो स्थानीय तहमा समुदायसँग छलफल गरि बिपद्को पहिचान गर्न आवश्यकता रहेको बताउँनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब शंकर प्रसाद खरेलले बिकास निर्माणको कामसँगै प्रकोपको जोखिम पनि बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

वातावरणिय प्रभावलाई हेरेर विकास निर्माणका काम गर्न सकियो भने प्रकोपको जोखिम कम हुने बताउँनुभयो । नेपाल र प्रदेश नं. ५ को बिपदको बारेमा जानकारी दिँदै बिज्ञ डाक्टर दिपक चौलागाईले प्रदेश नं. ५का अस्थायी राजधानी बुटवल भूकम्पको जोखिमपयुक्त क्षेत्रमा रहेको बताउँनुभयो ।

मने फ्रनटल थ्रष्टमा बुटवल रहेकाले जोखिम रहेको बताउँनुभयो । कार्यक्रममा युनिसेफ भैरहवाका निमित्त प्रमुख शंकर पोखरेलले अति जोखिमपूण क्षेत्रको पहिले पहिचानल गर्नु पर्ने बताउँनुभयो । नमुना विकास परिषदका ज्ञानु पौडेलले विपद् ब्यवस्थापनको लागि सरकारले कम लगानी गरेकोमा गुनाशो पोख्नुभयो । गोष्ठी मंगलबारसम्म सञ्चालन हुने छ ।

 

 
 
  
 

You may also like