अपडेट : नवलपरासी दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

by समतल अनलाइन

काठमाडौं । नवलपरासीको कावासोती नगरपालिका-८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

नवलपरासीपूर्व देवचुली नगरपालिकाबाट पश्चिमतिरको यात्रामा निस्केका पाँच जना यात्रु चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको थियो ।

ठक्करबाट निधन हुनेहरूमा नवलपरासी (पूर्व) देवचुली-१ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर रहेका छन् ।

मृतकमध्ये कारका चालक को हुन् भन्ने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । उनीहरू किन र कहाँसम्मको यात्रामा निस्केका थिए भन्ने खुलेको छैन ।

प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको नवपरासी प्रहरीले बताएको छ । चालकले प्रहरीलाई दिएको प्रारम्भीक बयानका अनुसार कार र ट्रक दुवै तीब्र गतिमा थिए ।

 
 
  
 

You may also like