कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक गरेकाे आरोपमा १४ वर्षीय किशोर पक्राउ

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको फेसबुक आइडी ह्याक गर्दै रकम मागेको आरोपमा प्रहरीले एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो ।

किशोरलाई सोमबार पर्साबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी नविन्द अर्यालले बताए । ह्याकर्सले अकाउन्टको दुरुपयोग गर्दै फेसबुकबाट म्यूचल फ्रेन्डलाई पैसा मागेको थाहा पाएपछि सरोज र दीपाश्रीले केही दिनअघि मात्रै साइबर ब्यूरोमा उजुरी दिएका थिए । खनालको अकाउन्टबाट त ह्याकर्सले २५ हजार नै ठगिसकेको खनालले बताएका थिए । उनी दुई जनाको अकाउन्टबाट ह्याकर्सले ८० हजारदेखि एक लाखसम्मको रकम माग्दै आएका थिए ।

किशोरलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुर बमोजिम अनुसन्धान गरिरहेको साइबर ब्यूरोले विज्ञप्तीमार्फत जनाएको छ ।

 

 
 
  
 

You may also like