तिलोत्तमा रुपन्देहीको १० अौ स्थापना दिवसमा साईकल यात्रा

बुटवल। रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० अौ स्थापना दिवसको अवसरमा साईक्लिङ कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिकाका पर्यटकिय, धार्मिक, ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यका साथ साईकल र्यालि गरिएको हो ।

स्वस्थ्यका लागि साईकल, पर्यटन पर्वद्घनका लागि साईकल नारासहित कालिकानगरस्थित कालिका मन्दिरबाट शुरु भएको र्यालि निलकण्ठ बाबाधाम, हिलपार्क, ट्राफिक चोक, गोलपार्क, दुर्गा मन्दिर, जल बिनायक मन्दिर, निमचोक, फुलबारी, झोलुंगे पुल, देविनगर पुगेर समापन गरिएको थियो।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर विक, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही क्लबका अध्यक्ष गोपाल ज्ञवाली, वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला साईक्लिङ संघका सल्लाहकार जाकिर हुसैनले संयुक्त रुपमा टिसर्ट लन्च गरेका थिए।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डम्बर विकले शहरी क्षेत्रमा साईक्लिङको आकर्षक बढेको बताए। मानव स्वस्थ्यसंगै पर्यावरण जोगाउन साईक्लिङ महत्त्वपूर्ण हुने भन्दै युवाहरुको साईकल अभियान धेरै उपयुक्त भएको बताए।

कार्यक्रममा बुटवल साईकलिङ क्लबका उत्तम श्रेष्ठ, बुटवल साईकल ग्रुपका अध्यक्ष शिव चौधरी, ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठ, तिनाउका अध्यक्ष अर्जुन गुरुङ र बुटवल साईकल सिटिका अध्यक्ष बिनोद जंग कार्कीले सबैहरुको साथ र सहयोगमा अभियान सफल भएको बताए। कार्यक्रममा विभिन्न क्लबका ६० जना साईक्लिष्टहरु सहभागी रहेका थिए।

 
 
  
 

You may also like