प्रधानमन्त्री ओलीको घोषणा–‘साउन १ देखि वृद्धभत्ता बढ्छ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने,’साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’ उनले सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको समेत बताए।

यस्ते उनले नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन्। ‘रेल किनेर ल्याइसकेको छ। सञ्चालन छिट्टै हुन्छ,’ उनले भने । हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणका काम भइरहेको उनले बताए। उनले सडक सबै ठाउँमा पुर्‍याइँने भन्दै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताए।

 
 
  
 

You may also like