उद्योग व्यवसायमा अपांगता भएका ब्यक्तिको सहभागिता बढाउनु पर्छ ः मन्त्री बराल

बुटवल।लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले सिंगो प्रदेशलाई अपाङ्गता मैत्री प्रदेश बनाउने र अपाङ्गता भएका व्याक्तिहरुलाई कसरी आत्मनिर्भर बनाउने भन्ने योजानमा लागिपरेको बताएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गताको विषयालाई गम्भिर विषयको रुपमा लिएको भन्दै उनले अपाङ्गता भएका हरेका व्याक्तिहरुलाई शिक्षामा समाज पहुँच स्थापनाको लागि प्रदेश सरकारकोपहलमा विशेष शिक्षा प्रदान गर्ने विदालय समेत स्थापना गर्न लागिपरेको बताएका हुन ।
बुटवलमा आयोजना गरिएको रोजगार विहिन अपाङ्गता भएका व्याक्तिहरुको लागि उर्जाशिल अवसर(फाउन्ड) परियोजानको आयोजानमा प्रदेश स्तरिय संमन्वय तथा सिकाई र अनुभव आदान प्रदान अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले अपाङ्गता भएका व्याक्तिहरुको लागि दया माया भन्दा पनि उनीहरुलाई के कसरी सिप, ज्ञान तथा अन्य कुनै पनि तबरले प्रतिष्पधी बनाएर आफै आत्मनिर्भर बनाउन योजनामा लागिपरेको बताए ।
उनले अपाङ्गता भएका व्यवाक्तिका लागि सरकारले रोजगारीका लागि आरक्षण कोटा निर्धारण गरेको जानकारी दिदै यसमा अपाङ्गता भएका व्याक्तिहरुका लागि के कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा पहल कदम आवश्यक रहेको बताए ।
उनले भने–‘अपाङ्गता भएका व्याक्तिहरुलाई के केसरी प्रतिष्पर्धी, आत्मर्निर भर सिप युक्त बनाउने भन्ने योजानमा प्रदेश स रकार लागिपरेको छ , उनीहरु निश्चित सिप प्राप्त गर्न सफल भएमा जिवनभरका लागि नै आम्दानीको बाटो खडा हुन्छ ।’
लुम्बिनी प्रदेशमा ५३ वटा अपाङ्गता भएका व्याक्तिहरुले अध्यायन गर्ने विशेष विद्यालय रहेको जानकारी दिदै मन्त्री बरालले छिट्टै नै रुपन्देहीको कञ्चन गाउँपालिको रुद्रपुरमा विशेष विद्यालयको रुपमा सुस्तमःनस्थिती भएका बालबालिकाहरुको लागि अध्यायन गर्ने विद्यालयको रुपमा विकास गर्न लागिपरेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याललेले अपाङ्गताको क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले आपाङ्गता ग्राम देखि लिएर उनीहरुको सिप, ज्ञान क्षमता वृद्धिका लागि काम जारी रोखेको जानकारी दिदै सोही अनुसारको कार्यक्रम समेत विस्तारमा लागिपरेको बताईन ।
आगामी दिनमा पनि अपाङ्गता भएका व्याक्तिहरुरुको लागि सहायता सामग्री देखि लिएर ज्ञान सिप, धारणा विकासका लागि सरकारले काम गरिरहेको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक भएको बताईन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्याक्तिहरुमा पनि अदम्य क्षमता भएको भन्दै क्षमता अनुसारको रोजगारीका लागि उद्योगी व्यवसायीहरुले खुलेर सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा फाउण्ड परियोजनाका प्रोजेक्ट डाईरेक्टर चिरञ्जीवि शर्मा, शिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने,कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like