मन्त्री ज्ञवाली ७४ औं महासभामा सहभागी हुन आज न्यूयोर्क जाँद

by समतल अनलाइन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लाग्नुभएको हो ।

यसैगरी मन्त्री ज्ञवालीले नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनुहुनेछ ।

मन्त्री ज्ञवालीले महासभालाई असोज १३ मा सम्बोधन गर्ने कार्यक्रम छ भने उहाँ असोज १४ मा स्वदेश फर्किनुहुनेछ ।

 
 
  
 

You may also like