ओलीलाई बिसौं वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिसौं वर्षदेखि विदेशीले हुर्काएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्’, उनले भने, ‘केपीलाई विदेशीले हुर्काएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।’

पेरिसडाँडामा ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आफूले पहिचान र दलित आन्दोलनको मुद्दा नछाडेको बताए । उनले देशी–विदेशी शक्तिहरु पहिचान र उत्पीडित वर्गको पहिचान र अधिकार खोस्न लागेको र त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरिरहेको बताए ।

 
 
  
 

You may also like