रेशम चौधरीको मुद्दा फिर्ता गरे धन्यवाद दिन्छौं, ओलीलाई साथ दिन सक्दैनौं : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई आफ्नो पार्टीले सत्ता सहकार्य गर्न नसक्ने स्पष्ट पारेका छन् ।

आज (शनिबार) माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा भएको छलफलपछि नेता यादवले ओलीका हरेक कदमहरु प्रतिगमनकारी भएको बताउँदै ओलीले आफ्ना मागहरु पूरा गरे पनि धन्यवाद मात्र दिन सक्ने तर, सरकारलाई सहयोग गरेर अगाडि जान नसक्ने बताए ।

उनले रेशम चौधरीको रिहाइ, मधेसका आन्दोलनका क्रममा सहभागीमाथि लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका आफूहरुको माग रहेको जानकारी दिए । उनीहरुको माग र सत्ता सहकार्यबारे शनिबार दुई दलबीच छलफल भएको र वार्ता सकारात्मक बनेको बताइएको छ ।

दुई दलको बैठकपछि ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ । जसपा नेता उपेन्द्र यादवका यसअघिका अभिव्यक्तिहरु पनि ओलीको कदमको विरुद्ध रहँदै आएको थियो ।

 

 
 
  
 

You may also like