देशलाई ओलीकरणबाट जोगाउन संयुक्त सरकार, देउवा प्रधानमन्त्री : गगन थापा

नवलपरासी । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले जसरी भए पनि देशलाई ‘ओलीकरण’ बाट जोगाउनु आवश्यक भइसकेको बताएका छन् ।

आज (शनिबार) नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन ढिला गरिए देशमा झन संकट थपिंदै जाने बताए । नेता थापाले संयुक्त सरकारको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा नै बन्ने पनि बताए ।

पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त गठबन्धन बन्ने चर्चा चलिरहेका बेला नेता थापाले कांग्रेसकै र त्यसमा पनि देउवाकै नेतृत्वको सरकार बन्ने बताएका हुन् । उनले प्रधानमन्त्रीको विषयलाई लिएर कांग्रेसमा विवाद नरहेको पनि बताए ।

 

 
 
  
 

You may also like