नयाँ सरकारबारे कांग्रेस, माओवादी केन्द्र र जसपाबीच छलफल चल्दैछ : पौडेल

बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज (शनिबार) आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गरे ।

वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने धारणा राखे । ‘अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफै अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद् छ’, वरिष्ठ नेता पौडेलले भने ।

विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उनले ससंदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइने उल्लेख गरे । उनले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको बताए ।

 

 
 
  
 

You may also like