सभामुख र सांसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज (बुधबार) कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ ।

बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ । यही फागुन २३ गतेदेखि संघीय संसदको हिउँदै अधिवेशन शुरु हुँदैछ । अधिवेशनअघि सांसदलाई खोप लगाउन लागिएको हो ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ । त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।

आज लगाउन छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने छ । सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

 
 
  
 

You may also like