डिजडिजिटल बैंकिङ्ग सेवा बिस्तार गर्दै साइन रेसुङ्गा बैंक

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तिब्रता दिएको छ ।बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो ।

प्रविधिमैत्री बैंकिंङ्ग सेवा बिस्तार गर्ने उद्धेश्यले बैंकहरुले क्युआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडी बढाएका हुन् ।
यसै क्रममा साइन रेसुङ्गा डेभलपेण्ट बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलका हाटबजार व्यवसायी तथा अटो रिक्सा चालकहरुलाई डिजिटल बैंकिङ्ग सेवाका लागि क्युआर कोड बितरण गरेको छ ।

बैंकले मंगलबार ड्राइभरटोलमा एक कार्यक्रमकाबीच ५० हाटबजार व्यवसायी र ११ जना अटो रिक्सा चालकलाई क्युआर कोड बितरण गरेको हो ।
क्युआर कोड बितरण गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले राष्ट्र बैंकसँगको सहकार्यमा विद्युतीय भुत्तानी प्रणाली सेवा बिस्तार गरेको बताउदै यो सेवा अन्य सेवाभन्दा सूरक्षीत रहेको बताए ।

एटिएम सेवा हुँदै विश्वमा मोवाइल बैंकिङ्ग सेवाको विकास भएको भन्दै उहाँले ढिलो चाडो सबै यो सेवा मा जोडिनुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका ड्राइभरटोल शाखा प्रवन्धक पबित्रा खनाल,हाटबजार व्यवसायी अर्जुन पाण्डे,रिक्सा ब्यवसायी संघ संकरनगरका अध्यक्ष अध्यक्ष रोमनाथ भण्डारी लगायतले डिजिटल भुक्तानी प्रणालीको उपयोगिता र महत्वको बारेमा बोलेका थिए ।

केही दिनअघि रुपन्देहीको भैरहवाबाट सुरु गरेको डिजिटल भुक्तानी प्रणाली अन्तर्गत मंगलबार मात्रै ६० बढी ब्यवसायीलाइ क्युआर कोड बितरण गरिएको बैंकका बरिष्ठ प्रबन्धक लालमणी पन्थीले जानकारी दिए ।

 
 
  
 

You may also like