थप ७३ जनामा कोरोना पुष्टि, २४ घण्टामा ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७४ हजार २१६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९६८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ४७१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ६५ हजार ९८५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९६८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७७७ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like