गोठमा आगो लाग्दा किशोरको गयो ज्यान

प्युठान । प्युठानस्थित एक आश्रमभित्रको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।

यता दाङको गढवा गाउँपालिका–७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यसै गरीचितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर शिवालय मन्दिर नजिक बस्ने ४८ वर्षीय टोकप्रसाद गौडेलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका–४ त्रिपालनगरका २७ वर्षीय पारस जैसीले आफ्नो घरमा रहेको विद्युतीय सामग्री तोडफोड गरी आइतबार राति आफ्नै धनसारमा आगजनी गर्दा २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले जैसीलाई नियन्त्रणमा लिएको छ ।

 

 
 
  
 

You may also like