सैनिक शासनविरुद्ध म्यानमारमा प्रदर्शन जारी, दुई जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं। सैनिक शासनविरुद्ध शनिबार म्यानमारमा भएको नागरिक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । ‘आक्रोशित प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो । घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयमसेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मृतकमध्ये एक जना किशोर रहेका र उनको टाउकोमा गोली लागेको ओओले बताए । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाले शासन सुरु गरेको छ । एजेन्सी

 
 
  
 

You may also like