खुला संसद अवधारणा र अभ्यासको लागि बुटवलमा छलफल

by समतल अनलाइन

ललित पाण्डेय
बुटवल। प्रदेश नम्बर ५ का सभामूख पूर्ण बहादुर घर्तीले जनताको आवाजलाई संसदमा उठाएर विधेक निर्माण गरेको बताउँनु भएको छ । संसदमा विधेक निर्माण गर्दा विषयगत समितिमा छलफल गर्दै सरोकारवाला र जनताबाट आएका सुझाबको आधारमा विधेक निर्माण गरिँदै आएको जानकारी दिनु भएको छ । फ्रिडम फोरमले बिहिबार बुटवलमा आयोजना गरिएको खुला संसद अवधारणा र अभ्यास छलफल कार्यक्रममा बोल्दैं उँहाले जनसहभागितालाई जोड दिएर खुला संसदको अवधारणामा कानून निर्माण गरिने बताउँनुभयो ।

सभामूख घर्तीले मिडियाले रचनात्मक सुझाब दिएर कानून निर्माणमा सहयोग गर्नु पर्ने बताउँनुभयो । संर्घष पछि प्राप्त भएको उपलब्धीको रक्षाको लागि नागरिक समाज, प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको उँहाले बताउँनुभयो । लोकतन्त्रलाई बलियो बनाउँनको लागि संसदमा जनसहभागिता मूलक छलफलको आवश्यकता रहेको घर्तीको भनाई छ ।

उपसभामूख कृष्णी थारुले प्रदेश नम्बर ५ को संसदमा खुल्ला संसदको अभ्यास भईरहेको बताउँनुभयो । विधेक निर्माण गर्दा जनताको गुनाशो सुन्ने र विषयगत समितिमा छलफल गरेर मात्र कानून निर्माण गर्दै आएको जानकारी दिनुभयो । कानून निर्माण गर्दा सरोकारवाला निकायसँग छलफललाई निरन्तरता दिँदै जनताको चाहाना अनुसार कानून निर्माण गरिने बताउँनुभयो ।

प्रदेश सांसद फखरुद्धिन खाँले नागरिक समाज मिडिया हरक्षण जनतामा जाने भएकाले कानून निर्माणमा दुबै पक्षको सुझाब महत्वपूण हुने बताउँनुभयो । निर्वाचन प्रणालीलाई पार्दशिकता बनाउँन आवश्यकता रहेको उँहाले बताउँदै भ्रष्ट्रचार न्यूनिकरणको लागि आमनागरिक लाग्नु पर्ने बताउँनुभयो । छलफलमा सहभागिता जनाउँदै वरिष्ठ पत्रकार तथा अधिबक्ता बालकृष्ण चापागाईले कानून निर्माणलाई परिपक्व बनाउँनको लागि छलफलमा जोड दिनु पर्ने बताउँनुभयो ।

हचुवाको भरमा कानून निर्माण गर्दा शब्द चयन गरिएकोमा उँहाले आपत्ती जनाउँदै भोली हुँने परिणामलाई ध्यानमा दिएर कानून निर्माण गर्नको लागि जोड दिनुभयो । शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले नागरिक समाज , मिडिया सधैं सरकारको प्रतिपक्षको भूमिका रहने भएकाले सरकारलाई कमिकमजोरीको सुधारको लागि ध्यान आर्कषण गराउँनु पर्ने बताउँनुभयो ।

प्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले लोकतन्त्रलाई परिणामुखी बनाउन शासन पद्धतिको सुधारमा सरकार र नागरिकबीच साझेदारी गर्न आवश्यकता रहेकोमा जोड दिनुभयो । नेपालका सातै प्रदेश सभाका सदस्य र संघीय संसदका दुबै सदनका सांसदहरु , नागरिक समाजका अभियान्ता र प्रेस जगतका अगुवमा खुला सरकारका अभियान सञ्चालनको आवश्यकता रहेको बताउँनुभयो ।

कार्यक्रममा सांसद भोज प्रसाद श्रेष्ठ, नेपाल बार एसोसियसनका जोग बहादुर खत्री वरिष्ठ पत्रकार डिआर घिमिरे, विद्यार्थी नेता सरिता श्रीस लगायतले छलफलमा सहभागिता जनाउँनु भएको थियो ।

 

 
 
  
 

You may also like