अनेरास्ववियू रुपन्देहीद्धारा आयल निगम घेराउ

by समतल अनलाइन

बुटवल । अनेरास्ववियू रुपन्देहीद्धारा रुपन्देही भलवारी स्थीत नेपाल आयल निगमको प्रादेशिक कार्यालय घेराउ गरेको छ । नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध आज अनेरास्ववियू रुपन्देहीले विरोध गरेको हो ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य अनुप पोखरेलले लामोसमयदेखि कोरोना कहर र लकडाउनका कारण थिलथिलो भएका जनतालाई राहात र सहुलियत दिनुको सट्टा जनताको चुलो चौकामै बज्रप्रहार गरेरे पेट्रोल,मटितेल र ग्यासमा गरीएको मुल्यबृद्धि तत्काल फिर्ता गर्नु पर्ने बताउदै, मुल्यबृद्धि तत्काल फिर्ता नभए आफुहरु चरणबद्ध आन्दोलनमा जाने बताएका थिए ।

कार्यक्रममा अनेरास्ववियूका जिल्ला सह–संयोजक विष्णु खत्रीले सरकारले एक हप्तामा दुई पटक पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको र पेट्रोलियम पद्धार्थको मुल्यबृद्धिहुनु भनेको अन्य क्षेत्रलाई समेत प्रभाव पर्ने बताउदै केन्द्रीय कार्यक्रम बमोजिम नेपाल आयल निगमको प्रादेशिक कार्यलय घेराउ गरेको बताएका थिए ।

 

 
 
  
 

You may also like